म्यानचेस्टर सिटी टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो
एजेन्सी, ३ फागुन । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बोर्नमाउथलाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
२९ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । ६९ औं मिनेटमा बोर्नमाउथका टाइरोन मिङ्गसले आत्मघाती गोल गरेपछि सिटी २–० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा उक्लिएको सिटीको २५ खेलबाट ५२ अंक भएको छ । सिटी शीर्ष स्थानको चेल्सीभन्दा ८ अंकले पछि छ । सिटी टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । टोटनह्यामको ५० अंक छ । २५ खेलबाट २६ अंकसहित बोर्नमाउथ १४ औं स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५