एजेन्सी, २ फागुन । चर्चित बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म जोली एलएलबी २ लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । फिल्मलाई पाकिस्तानी सेन्सर बोर्डको परिक्षण समितिले प्रतिबन्ध लगाएको बताइएको छ । कश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै फिल्म जोली एलएलबी २ प्रतिबन्ध लगाइएको बताइएको छ । वकिलको भूमिका निभाएका अक्षयलाई फिल्ममा कश्मिरी लडाकुको मुद्दा पनि उनीसामु आउँछ ।
यस अघि ऋतिक रोशनको फिल्म काबिलले प्रदर्शनको अनुमति पाए पनि शाहरुख खानको फिल्म रइसलाई पनि पाकिस्तानमा रिलिज गर्न रोक लगाइएको थियो ।
अक्षयको फिल्म जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्धित
0
Share.
Comments