काठमाडौं । युरोकप फुटबल अन्तर्गत सोमबार भएको खेलमा चेक रिपब्लिक र स्लोभाकियाको विजयी सुरुवात गरेका छन् भने स्पेन र स्वीडेनले अंक बाँडेका छन् ।
पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो । चेक रिपब्लिकका लागि प्याट्रिक शिकले दुई गोल गरे ।
खेलको ४२ औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५२ औं मिनेटमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २–० को जित दिलाए ।
जितसँगै समूह डी को चेक रिपब्लिकले ३ अंक जोडेको छ । दोस्रो खेलमा पोल्याण्डलाई २–१ ले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको हो ।
खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो । ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए ।
जितसँगै समूह इ को स्लोभाकियाले महत्वपूर्ण ३ अंक जोडेको छ । तेस्रो तथा अन्तिम खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । दुवै टिमले गोलरहित बराबरी खेल्दै समूह ई मा एक एक अंक जोडेका छन् ।
प्रकाशित मितिः २०७८ असार ०१ मंगलबार
Comments