पूर्व विदेशमन्त्री स्टाइनमायर जर्मनीका नयाँ राष्ट्रपति

भक्तपुर न्यूज

२ फागुन २०७३ ६:३८

पूर्व विदेशमन्त्री स्टाइनमायर जर्मनीका नयाँ राष्ट्रपति

एजेन्सी, २ फागुन । जर्मनीको नयाँ राष्ट्रपतिमा फ्राङ्क वाल्टर स्टाइनमायर निर्वाचित भएका छन् । १२६० सदस्यीय निर्वाचन मण्डलमा स्टाइनमायरले ९३१ मत ल्याएर निर्वाचित भएका हुन् । सोसल डेमोक्रेट पार्टीका सदस्य ६१ वर्षीय स्टाइनमायरलाई जर्मनीमा लोकप्रिय राजनेताको रुपमा लिइन्छ ।
उनले यसअघि दुई पटक विदेशमन्त्री भएर काम गरिसकेका छन् । वर्तमान राष्ट्रपति यो आखिम गाउकको कार्यकाल आगामी मार्च १८ मा सकिँदै छ । ७७ वर्षीय राष्ट्रपति गाउकले पाँच वर्षे कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन अस्वीकार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *