शिवरात्री मनाउँन आएका साधुको लडेर मृत्यु
भक्तपुर, २ फागुन । शिवरात्री पर्व मनाउन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आएका एक साधुको लडेर मृत्यु भएको छ । भारत विहार स्थित निवासी वर्ष ५४ का भुजुङ्गा राम साधुको मन्दिर प्राङ्गणमा रहेको शौचालय जाँदा लडेर मृत्यु भएको महानगरिय प्रहरी वृत्त जगातीले बताएको छ । पशुपतिनाथ मन्दिरबाट हिजै मात्र डोलेश्वर मन्दिर पुगेका तीन साधुमध्ये एकको शौचालय जाँदा लडेर मृत्यु भएको मृतक साधुसँगै आएका अन्य दुई साधुले जानकारी दिएको प्रहरीले जनाएको छ । मृतक साधुका साथमा नेपाली सत्र हजार एक सय उनाचालिस रुपैँया र भारु दुई रुपैँया रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक साधुको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लागिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७