सत्यार्थीको चोरी भएको नोबेल पुरस्कारको डमी प्रहरीले बरामद गर्यो
एजेन्सी, २ फागुन । नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको चोरी भएको नोबेल पुरस्कारको डमी प्रहरीले बरामद गरेको छ । दिल्लीको दक्षिणी क्षेत्रमा रहेको सत्यार्थीको घरबाट उनको नोबेल पुरस्कारको डमी अर्थात रेपिल्का र प्रमाणपत्र चोरी गएको माघ २५ गते चोरी भएको थियो ।
उनको चोरी भएको नोबेल पुरस्कारको डमी र प्रमाणपत्र दुवै बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सत्यार्थीले आफ्ना सक्कली नोबेल पुरस्कार राष्ट्रपति भवनलाई दिएका थिए ।
भारतमा बालअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत सत्यार्थीले सन् २०१४ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।
उनले पाकिस्तानकी बालिका शिक्षाको पक्षमा वकालत गर्ने मलाला युशुफजाईसँगै नोबेल शान्ति पुरस्कार पाएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४