प्रहरीले गोली चलाउँदा एक घाइते
कैलाली, २ फागुन । दई पक्षबीच भएको झगडा मिलाउन गएको प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । हिजो राति झगडा मिलाउन गएको प्रहरीको गोली लागेर पथरैयास्थित भकरैयाका विरेन्द्र जैशी प्रहरीले चलाएको गोली लागि घाईते भएका छन् । घाइते जैशीलाई टीकापुरमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । जैशीको पेटमा गोली लागेको बताइएको छ ।
केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएको चोरीको मोटरसाईकलका विषयमा दुई समूहबीच झगडा भएको थियो । मोटरसाइकलबारे प्रहरीलाई खबर गरेको भन्दै एक समूहले अर्को समूहमाथि आक्रमण गरेपछि झगडा उग्र बनेको थियो । उनीहरुले झगडा मिलाउन पुुगेका प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८