त्रिवि शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी
काठमाडौं, २ फागुन । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ । ललिपुरको शंखमुलस्थित युएन पार्क नजिकै आज बिहान अज्ञात समूहले त्रिपाठीको बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेको हो ।
आगजनीको समयमा त्रिपाठी गाडीमा नरहेको बताइएको छ । आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
