सरकारको औचित्य समाप्त हुँदै गयो : सचिव भट्टराई
सोलुखुम्बु, १ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले २०७४ सालको मंसिर भित्रमा तीनैवटा तहको निर्वाचन गराउनुपर्ने पक्षमा रहेको बताएका छन् ।
आज प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले वर्तमान सरकार चुनाव गराउने पक्षमा नदेखिएकाले सरकारको औचित्य समाप्त हुँदै गएको विचार व्यक्त गरे ।
उनले व्यवस्थापिका ससंद्मा दर्ता भएको संविद्यान संशोधन विधेयक औचित्यहिन भएकाले त्यसलाई थाती राखेर चुनावको तैयारीमा सरकार जुट्नु पर्नेमा जोड दिए । पत्रकारको जिज्ञासामा उनले चुनाव र संशोधन प्रक्रिया एक अर्कामा जोडेर हेर्न नहुने स्पष्ट पारे ।
उनले कुनै पनि दलसँग स्पष्ट बहुमत नभएका कारण मिलेर जानुको विकल्प नरहेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६