आफूलाई आइजीपी बनाईपाउँ भन्दै सिलवाल सर्वोच्चमा
काठमाडौं, १ फागुन । आफूलाई प्रहरी महानिरीक्षक बनाईपाउँ भन्दै डीआइजी नवराज सिलवालले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सिलवालको रिटमाथि भोलि सुनुवाई हुने भएको छ ।
आज विहानै बसेको मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । त्यसको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाएका हुन् ।
डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।
सिलवालको रिट भालिका लागि पेशीमा चढेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
