सिरहामा वाइसियल नेतामाथि गोली प्रहार
काठमाडौं, १ फागुन । सिरहाको चिर्चैयामा एक अज्ञात समुहले वाइसियल नेतामाथि गोली प्रहार गरेको छ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली लागेको हो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो । खानको टाउकोमा केही छर्रा लागेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
अहिले घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ । गोली प्रहर गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
