कोक, फ्यान्टा वा स्प्राइट किन्दा माज्जा फ्री
काठमाडौं, १ फागुन । कोकाकोला कम्पनीले स्प्राइट, फ्यान्टा वा कोकाकोला किन्दा ग्राहकलाई अर्को पेय पदार्थ माज्जा निःशुल्क दिने भएको छ । उपभोक्ताले स्प्राइट, फ्यान्टा वा कोकाकोलाको हरेक २.२५ लिटर बोतलको खरिदमा निःशुल्क पेय पदार्थ माज्जाको स्वाद लिन सक्ने कोकाकोलाले जनाएको छ । माज्जामा आँपको स्वाद रहेको छ । यो अफर मुख्य शहरहरुमा अन्तिम स्टक रहुन्जेलसम्म सीमित गरिएको कोकाकोलाले जनाएको छ ।
उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद ग्राहकसामु उपलब्ध गराउने उद्देश्यले रणनीतिक अभियान सुरु गरिएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
