सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, १ फागुन । आज सुन प्रतितोला २ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको छ। गत शुक्रबार ५५ हजार २ सय रुपैयाँमा भएको सुनमा आज २ सय रुपैयाँले बढेर ५५ हजार ४ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य गत शुक्रबार ८ सय ५ रुपैयाँ रहेकोमा आज ८ सय २० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
