नेपालमा थप १०९ जना कोरोना संक्रमितको मृत्यु

भक्तपुर न्यूज

१६ जेठ २०७८ ११:२४

नेपालमा थप १०९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार २७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।a


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय