मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु
उर्लाबारी , १ फागुन । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को ९ प ८४५१ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।
सडक किनारमा पार्किङ गरिराखेको को २ त ३०७० नं को ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक नाम, थर र वतन नखुलेका अन्दाजी ३०/३२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
