ट्रम्पको यात्रा प्रतिबन्ध आदेशमा रोक लगाउने अदालतको फैसला यथावत

भक्तपुर न्यूज

२८ माघ २०७३ ५:०७

ट्रम्पको यात्रा प्रतिबन्ध आदेशमा रोक लगाउने अदालतको फैसला यथावत

एजेन्सी, २८ माघ । अमरिकाको एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मस्लिक देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय अनुचित भएको भन्दै सियाटल अदालतको फैसला सदर गरेको छ ।
पुनरावेदन अदालतको फैसलाले डोनाल्ड ट्रम्पलाई पुनः झट्का लागेको छ । मुस्लिम नागरिकलार्ई अमेरिका प्रवेशमा रोक लगाउने गरी राष्ट्रपति ट्रम्पले २७ जनवरीमा दिएको विवादित कार्यकारी आदेशविरुद्ध परेको रिटमा अदालतले एकपछि अर्को गर्दै ट्रम्प प्रशासनलाई निराश पारिदिएको हो ।
सियाटल अदालतले गरेको निर्णयविरुद्ध गरेको अपिलमा ट्रम्पले मस्लिम बाहुल सात देशबाट अमेरिकालाई खतरा भएको जिकीर गरेपनि अदालतले भने खतरा भएको प्रमाण देखाउन नसकेको भन्दै पुनरावेदन खारेज गरिदिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
अदालतको फैसलापछि ट्रम्पले यस फैसला शर्मनाक र राजनीतिबाट प्रेरित रहेको टिप्पणी गरेका छन् । ट्रम्प प्रशासनले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कानूनी अधिकार आफूसँग रहेको जिकीर अदालत समक्ष गरेको थियो । अब यो प्रकरण सर्वोच्च अदालतमा पुग्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *