निषेधआज्ञामा भक्तपुर नगरपालिकाको मिठाई पसल अनुगमन
काठमाडौं । भक्तपुर नगरपालिका अनुगमन समितिले कमलबिनायक र च्याम्हासिंहमा मिठाई पसलको अनुगमन गरेको छ ।
कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न मिठाई पसलहरु नखोल्न र मिठाईका सामानहरु नबनाउन अनुरोधको लागि मिठाई पसलहरु अनुगमन गरिएको हो । निषेधाज्ञामा चिया र मिठाई पसल खोल्न नपाउने भएपनि लुकिछिपि खोलिराखेको पसलहरुमा अनुगमन गरी कार्यवाही प्रक्रिया अगाडि बढाएको अनुगमन समितिले जनाएको छ ।
।
अनुगमनका क्रममा शाक्य स्विट्समा प्याकेजिङ्ग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न, ढुसि परेको खुवा ६ केजि, म्याद नाघेको खाद्य कलर९रङ्ग० १ बट्टा र सोहि म्याद नाघेको कलर९रङ्ग० बढी राखी बनाएको लड्डु ११ किलो ५०० ग्राम जफत गरी नष्ट गरिएको छ भने तराजु १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
अनुगमन टोलीले विनायक मिठाई भण्डार पसल नविकरण गर्नुपर्ने, प्याकेजिङ्ग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न, कलर बढी भएको निम्की ४ किलो ५०० ग्राम जफत गरि नष्ट गरेको छ भने श्री नवदुर्गा एण्ड चाट हाउस मिठाईमा प्याकेजिङ्ग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा प्याकेजिङ्ग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न, म्याद नाघेको न्यू भक्तपुर चाउचाउ २ पाकेट जफत गरी नष्ट गरेको छ ।
अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज कमलबिनायक र च्याम्हासिंहमा मिठाई पसलहरुको बजार अनुगमन गरेको हो
प्रकाशित मितिः २०७८ बैशाख २६ आइतबार
