आज पनि उकालो लाग्यो सुनको मूल्य

भक्तपुर न्यूज

२६ वैशाख २०७८ ६:३१

आज पनि उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन १ सय रुपैयाँले बढेको हो भने चाँदी ५ रुपैयाँले घटेको हो ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार १ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७८ बैशाख २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय