रेडियो नेपालका ३० वर्षीय इन्जिनियरको कोरोनाबाट मृत्यु

भक्तपुर न्यूज

२४ वैशाख २०७८ ७:२२

रेडियो नेपालका ३० वर्षीय इन्जिनियरको कोरोनाबाट मृत्यु

दिपायल । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत इन्जिनियरको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय ती प्राविधिक इन्जिनियरको कोरोनाका कारण मृत्यु भएको हो ।

केही दिनपहिले कोरोना परीक्षण गर्दा उनको पीसीआर पोजिटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा। प्रकाश ठकुल्लाले जानकारी दिए ।

प्रकाशित मितिः २०७८ बैशाख २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय