स्ववियु निर्वाचनविरुद्ध आठ विद्यार्थी संगठन आन्दोलनमा

भक्तपुर न्यूज

२७ माघ २०७३ ५:२६

स्ववियु निर्वाचनविरुद्ध आठ विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं, २७ माघ । विभिन्न आठ विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले तत्काल स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गरेको छ । पूर्ण समानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका उनीहरुले तत्काल निर्वाचन प्रक्रिया नरोके सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
समाजवादी विद्यार्थी फोरम, वैद्यनिकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले पूर्ण समानुपातिक निर्वाचनको माग गर्दै निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालाबन्दी समेत गरेका छन् ।
उनीहरुले तत्काल चुनाव नरोके अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *