आज सांसदहरूको पीसीआर परीक्षण
काठमाडौं । संसद सचिवालयले आज सांसदहरूको पीसीआर परीक्षण गर्ने भएको छ । संसद अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरूको कोरोना भाइरसको परीक्षण गर्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । संसद बैठक बस्ने भएपछि सचिवालयले सांसदहरूको पीसीआर परीक्षण गर्न लागेको हो ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, संघीय सांसद, महासचिव, सचिव, संसद सचिवालयका कर्मचारीहरूको पीसीआर परीक्षण हुन लागेको हो ।
संसद सचिवालयका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने छ ।
प्रकाशित मितिः २०७८ बैशाख २२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
