सुवाललाई ठक्कर दिई फरार रहेको ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लियो
भक्तपुर, २६ माघ । भक्तपुरस्थित भैरवनाथ मन्दिरको मुल नाइके मुक्ती वहादुर सुवाललाई ठक्कर दिई फरार रहेको ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । सिसि क्यामेराको फुटेजको सहयोगमा अरनिको हाईवे रुट भएर चल्ने बा ४ ख ७३०१ नम्वरको ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी बृत जगातीले जानकारी दिएको छ ।
ट्रिपर चालक मकवानपुर तिस्टुङ पालुङका ३४ बर्षिय शम्भु स्याङ्ताङलाई पक्राउ गरि आवश्यक कारवाहिको लागि अदालतवाट म्याद थप गरि थुनामा राखेको प्रहरीले जनाएको छ । माघ २२ गते बिहान भक्तपुरको घलातेमा नाइके सुवालको सोहि ट्रिपरको ठक्करबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
