काठमाडौं । खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपीएल क्रिकेटका खेललाई अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक विज्ञप्ति जारी गर्दै आईपीलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको बताएको हो ।
कोरोना संक्रमणको प्रभावलाई लिएर बसेको आईपीएल र बीसीसीआईका अधिकारीहरूको आपत्कालीन बैठकले तत्कालका लागि आईपीएलका खेल रोक्ने निर्णय गरेको हो ।
आईपीएलका चेयरम्यान बृजेश पटेलले भारतीय समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा खेलाडी र टिमका सदस्यमा कोरोना संक्रमण देखिएपछि आईपीएलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।
अहिलेसम्म कोरोना देखिएका खेलाडी र टिम सदस्यहरू
खिलाडी टिम
वरुण चक्रवर्ती कोलकाता नाइट राइडर्स
संदीप वोरियर कोलकाता नाइट राइडर्स
नीतीश राणा कोलकाता नाइट राइडर्स
देवदत्त पडिक्कल रोयल च्यालेन्जर्स बेंगलुरु
अक्षर पटेल दिल्ली क्यापिटल्स
एनरिच नोर्खिया दिल्ली क्यापिटल्स
डेनियल स्याम्स दिल्ली क्यापिटल्स
अमित मिश्रा दिल्ली क्यापिटल्स
रिद्धिमान साहा सनराइजर्स हैदराबाद
लक्ष्मीपति बालाजी (कोच) चेन्नई सुपर किंग्स
किरण मोरे (कोच) मुम्बई इन्डियन्स
प्रकाशित मितिः २०७८ बैशाख २१ सोमबार
Comments