लोकमानमाथि लागेका सातमध्ये चार महाअभियोग पुष्टि

भक्तपुर न्यूज

२६ माघ २०७३ ८:२२

लोकमानमाथि लागेका सातमध्ये चार महाअभियोग पुष्टि

काठमाडौं, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लगाइएको ७ महाअभियोगमध्ये ४ वटा पुष्टि भएको छ ।
तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि छानबिन गरिरहेको महाभियोग सिफारिस उपसमितले आज बुझाएको प्रतिवेदनमा ४ वटा महाअभियोग पुष्टि भएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए ।
माओवादी केन्द्रका सांसद बिडारी संयोजक तथा नेपाली कांग्रेसका दीपक कुँइकेल र नेकपा एमालेका रेवतीरमण भण्डारी सदस्य रहेको उपसमितिले तयार पारेको हो ।
कार्कीले अख्तियारको दुरुपयोग गरेको, केही चिकित्सकहरुलाई कारबाही गर्न संविधान विपरीत त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको, काठमाडौं विश्वविद्यावलयले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अनावश्यक हस्ताक्षेप गरेको लगायत महाअभियोग प्रस्तावमा उल्लेख छ ।
सर्वोच्चले कार्कीलाई अयोग्य भन्दै गत पुस २४ गते पदमुक्त गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *