सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा : पूर्व मन्त्री पण्डित
भक्तपुर, २६ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागी आत्महत्याको बाटोमा सरकार अग्रसर भइरहेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताए ।
उनले सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामीरहेको बताउँदैे संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए । निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्नको निम्ति हल्ला चलाएको हो भने त्यो गलत हुने उनले बताए । सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचीत्य समाप्त हुने उनले बताए ।
निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने उनको आरोप छ । उनले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न खुट्टा नकमाउन सरकारलाई आग्रहसमेत गरे ।
नेपालका मूख्य राजनीति शक्तिहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उनले विपक्षी राजनीतिक दलहरु सबैभन्दा छिटो संविधान कार्यान्वयनको मुल कटी निर्वाचनमा प्रवेश गर्न चाहादा पनि सरकार भने निर्वाचन गर्न आलटाल गरिरहेको आरोप लगाए । सरकारमा गएपछि सरकारको तागतले चुनाव जित्छु भनेर सरकारमा लालहीत हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ, उनले भने, सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ ।
संविधान कार्यान्वयन भएनन् भने देशले संवैधानीक, राजनीतिक संकटपूर्ण अवस्था सामाना गर्नुपर्ने बताउँदै उनले यदी त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सत्ताधारी राजनीतिक दल नै बन्नुपर्ने बताए । त्यो अवस्थामा ती दलहरु यही अवस्थामा रहन्छ रहँदैन त्यो फैसला जनताले गर्नेछन्, उनले भने ।
देश विभाजनको मुख्य अगुवाको घोडा बनेर कतिपय राजनीतिक पार्टी हिडिरहेका छन्, उनले भने, नेपाली जनतालाई विश्वास छ कि नेपाली जनताको अभिमतले नै देश टुक्राउन खोज्ने, अरुको घोडा बनेर हिड्ने अनी माकुराको जालोजस्तै विष छदै हिड्ने ती घोडाको पनि टांग अर्थात खुटटा भाँचिदिनेछन् । विषपूर्ण जालोलाई पनि च्यातीदिनेछन् र सुनौलो राजनीतिक स्थायीत्वसहितको भविष्यको निर्माण गर्नेछन् ।
संविधानलाई सम्मृद्ध बनाउँदै अगाडि बनाउनुपर्नेमा जोड दिर्दै उनले नेपाली जनताको नयाँ पहिचानको निम्ति हामी गलत मान्यतालाई स्वीकार नगर्ने बताए । दुई छिमेकी राष्ट्रलाई सहयोगको आशा र अपेक्षा गर्दै संविधान कार्यान्वयनमा सहयोग गर्न उनले आह्वानसमेत गरे ।
संविधान कार्यान्वयनमा अवरोध सृजना गर्ने शक्ति नेपालको दुश्मन हुने उनले बताए । कसैसँग दुस्मनी साँधेर नेपाललाई कमजोर बनाउने शक्ति नै नेपालका दुस्मन हुन् चाहे ती देशभित्र वा बाहिरका हुन्, उनले भने । हामी कसैसँग दुस्मन गर्न चाहाँदैन् तर कसैले दुस्मन लाद्छ भने हामी हाम्रा टाउका निहुराएर लुरुलुरु उनीहरुको कुरा मान्न तयार छैनौ, उनले भने । हामी आफना कुरा गर्न र लागू गर्न तयार रहेको र संविधान नेपाली जनताको निम्ति, सम्बृद्धि, शान्ति र विकासको निम्ति भएकाले संविधानका विषयमा अनावश्यक चासो नराख्न उनले आग्रहसमेत गरे ।