काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । नेपाली समयअनुसार खेल बेलुका पौने ८ बजे सुरू हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई आज हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका ५ खेलमा चारमा जित निकाल्दै ८ अंक जोडेको छ ।
अंक तालिकाको पुछारमा रहेको हैदराबाद भने ५ खेलमा २ अंक जोडेर पुछारमा छ । अहिलेसम्म खेलेको पाँच खेलमा चारमा हार बेहोरेको हैदराबाद आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख १५ बुधबार
Comments