६ करोड खोप डोज अन्य मुलुकसँग साझेदारी गर्ने अमेरिकाको घोषणा
काठमाडौं । अमेरिकाले ६ करोड अस्ट्राजेनेका खोपको डोज अन्य मुलुकसँग साझेदारी गर्ने घोषणा गरेको छ। सोमबार ह्वाइट हाउसले ६ करोड अस्ट्राजेनेका खोपको डोज अन्य मुलुकसँग साझेदारी गर्ने घोषणा गरेको हो ।
खोपको पूर्ण सुरक्षा समिक्षापछि आउने महिनामा डोज निर्यात गर्न सकिने ह्वाइट हाउसले जनाएको छ। अमेरिकामा खोपको भण्डारण गरिएको छ यद्यपि यसका नियामकहरूले यसलाई सार्वजनिक प्रयोगको लागि स्वीकृत गरेका छैनन्।
सोमबार ह्वाइट हाउसले फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) आउने सातामा आफ्नो समीक्षा सकाएपछि अस्ट्राजेनेका खोपको करीव १० करोड डोज वितरण गर्ने आशा रहेको बताएको छ।
खोपको थप पाँच करोड डोज उत्पादनको विभिन्न चरणमा रहेको ह्वाइट हाउसले जनाएको छ। हइट हाउसका प्रवक्ता जेन साकीले एफडीएका अधिकारीहरूले खोप निर्यात हुनुअघि खोपको गुणस्तर जाँच गर्ने बताइन।
प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार
