पोखरा विश्विद्यालयका सबै परीक्षा स्थगित

भक्तपुर न्यूज

१३ वैशाख २०७८ ६:०३

पोखरा विश्विद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । पोखरा विश्वविद्यालयले आजैदेखि लागु हुने गरी सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको वैठकले पूर्वनिर्धारित सबै परीक्षा तत्कालको लागि स्थगित गर्न सरकारलाई सिफारी गर्ने निर्णय गरेपछि पोखरा विश्विद्यालयले पनि अर्को सूचना नआँउदा सम्मको लागि सबै परीक्षा स्थगित गरेको हो ।

विश्वविद्यालय परीक्षा समितिको वैठकले आजैदेखि लागु हुने गरी सूचारु भइरहेका र अब सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।

प्रकाशित मितिः २०७८ बैशाख १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *