आज सुनचाँदीको भाउ बढ्यो
काठमाडौं, २५ माघ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले बढेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
