पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, चारको मृत्यु, १६ घाइते
पाल्पा, माघ २५ । पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि दोभान–२ का ४९ वर्षका हरि राना, ३० वर्षका मिनबहादुर थापा, ४१ वर्षका जसवीर वाकावल र २६ वर्षका यमबहादुर रानाको मृत्यु भएको हो । घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । अत्यधिक ओरालो भएका कारण ब्रेक फेल भएर दुर्घटना भएका हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०