बेलायती रक्षामन्त्रीको नेपाल भ्रमण स्थगित
काठमाडौं, २४ माघ । आज का लागि तय भएको बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण स्थगित भएको छ । उनी पाँच दिने भ्रमणका लागि आज नेपाल आउने कार्यक्रम तय भएको थियो । बेलायती संसदमा जारी इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) को बहसमा व्यस्त हुनुपरेको जनाउँदै ल्यानक्यास्टरले तत्काललाई भ्रमण स्थगित गर्नुपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
मन्त्री ल्यानक्यास्टरको भ्रमण स्थगित भएपनि ब्रिगेडिएर जनरल निक पोप, ब्रिगेड अफ गोर्खाज कर्णेल जेम्स रविन्सन लगायतको टोली भने आज नेपाल आउँदै छ ।
नेपाल भ्रमणका क्रममा टोलीले राष्ट्रपतिसमक्ष गोर्खा ब्रिगेडको प्रतिवेदन बुझाउने, ब्रिटिश क्याम्प भ्रमण, भूपू गोर्खा परिवारको अवस्था बुझ्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४