जंगलमा लोड‍गरी राखिएको भरुवा बन्दुक फेला

भक्तपुर न्यूज

३० चैत २०७७ ६:४९

जंगलमा लोड‍गरी राखिएको भरुवा बन्दुक फेला

बर्दिया । प्रहरीले जंगलमा भरुवा बन्दुक फेला पारेको छ । मधुवन नगरपालिका ८ स्थित श्रीगणेश सामुदायिक बनमा लोडगरी राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी नायव निरीक्षक प्रदिप कार्कीको कमाण्डमा रहेको टोलीले सामुदायिक बनबाट लोड गरिएको भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग गरिने बन्दोबस्तीका सामग्री फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रहरीले भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद फेला पारेको छ ।

प्रकाशित मितिः २०७७ चैत्र ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय