काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने , नाकामा हेल्थ डेस्क राखिने

भक्तपुर न्यूज

२३ चैत २०७७ १०:५४

काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने , नाकामा हेल्थ डेस्क राखिने

काठमाडौं । काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराए ।

उनका अनुसार नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ । त्यसको सबै व्यवस्थापन सरकारले गर्नेछ । नगरपालिका र गाउँपालिकामा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई नाका क्षेत्रमै रहेको हेल्थ डेस्कमा अनिवार्य परीक्षण गरिने छ । त्यहीँ नै एन्टिजेन परीक्षण गराउने र कोरोना पोजेटिभ देखिए पीसीआर परीक्षण गराउन यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

कोभिडको संक्रमण पुनः बढेको हुँदा यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ । त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मितिः २०७७ चैत्र २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय