नेपाल आज नेदरल्यान्ड्ससँग दोस्रोपटक भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल आज नेदरल्यान्ड्ससँग दोस्रोपटक भिड्दै छ। पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग हार व्यहोरेको थियो। खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
यस सिरिजमा नेदरल्यान्ड्सले तीन खेल खेल्दै दुई जित र चार अंकका साथ तालिकामा बलियो स्थिति बनाएको छ। उनीहरूले स्कटल्यान्डलाई ३९ रनले हराएपछि नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेका थिए र पछिल्लो खेलमा स्कटल्यान्डलाई १७ रनले हराएका थिए।
अर्कोतर्फ, नेपालले दुई खेलमा एक जित र एक हारका साथ २ अंक जोडेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय भोगे पनि दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। समान २ अंक भए पनि रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ। नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल शुक्रबार हुनेछ।