इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा

भक्तपुर न्यूज

३० जेठ २०८२ ८:१९

इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा

काठमाडौं । इजरायलले इरानमा हवाई आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले यसको घोषणा गरेसँगै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन् ।

काजले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन् । यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ ।

इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ । यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *