नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भक्तपुर न्यूज

२५ जेठ २०८२ १६:५९

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित कुल १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरी बिलिङ प्रणाली र मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको हो।

सरकारले गत वर्ष भदौमा पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको छ।

अभियोग पत्रमा प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित दुई सहसचिव र अन्य करीब ३० कर्मचारी तथा नेपाल टेलिकम सञ्चालक समितिका पदाधिकारीसमेत सूचीबद्ध छन्। अख्तियारका अनुसार, बिलिङ प्रणालीको मर्मत ठेक्का अस्वाभाविक रूपमा लम्ब्याउँदा करिब रु ९ करोड ८८ लाखको प्रत्यक्ष हानिनोक्सानी भएको देखिएको छ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रबन्ध निर्देशक पहाडीकाे पद स्वत: निलम्बन भएकाे छ । मुद्दा दायर गर्दै अख्तियारले ठेक्का लम्ब्याउने निर्णयमा अनियमित स्वीकृति, मूल्य अंकुश छुट र प्रतिस्पर्धा प्रक्रिया अवहेलना गरिनुका साथै फर्महरूसँगको अवैध मिलेमतोले भ्रष्टाचारको रुप लिएको बताएको छ। आयोगले हालसम्मको अनुसन्धानमा ठेक्का प्रक्रियासँग संलग्न व्यक्तिहरूका नाम, ठेक्का विश्लेषण रिपोर्ट र बैंक लेनदेन विवरणसमेत संलग्न गरेको छ।

विशेष अदालतमा पेश गरिएको उजुरीमा, सञ्चालक समितिका पदाधिकारी र प्राविधिक टोलीका व्यक्तिहरूलाई समेत समान रूपमा जिम्मेवार देखिएको उल्लेख छ। अख्तियारले अब प्रमाण जुटाउने क्रममा सबै पक्षसँग बयान लिन र अतिरिक्त अनुसन्धान जारी राख्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *