आज देशभरका मस्जिदमा बकर ईद (इदुल जोहा) मनाइँदै

भक्तपुर न्यूज

२५ जेठ २०८२ ७:२६

आज देशभरका मस्जिदमा बकर ईद (इदुल जोहा) मनाइँदै

काठमाडौं ।  मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा काठमाण्डौ दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ ।

हिजरी संवतअनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । मुस्लिम धर्मावलम्बीले आजदेखि पर्सि सोमवारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् ।

नेपाल सरकार, गृह मन्त्रालयले सूचना जारी गर्दै आज शनिबार (२०८२ जेठ २४ गते) देशैभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुसलमान धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।

गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल राजपत्रमा पूर्वप्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा रहने व्यवस्था गरिएकाले यस वर्ष मुस्लिम आयोगको सिफारिसअनुसार जेठ २४ गते शनिबार बिदा दिन लागिएको जानकारी गराइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *