भाडाका गाडी नचल्दा सर्वसाधारण मर्कामा

भक्तपुर न्यूज

२० जेठ २०८२ १२:३२

भाडाका गाडी नचल्दा सर्वसाधारण मर्कामा

काठमाडौं । भाडाका सार्वजनिक सवारीसाधन नचल्दा बिहानैदेखि बसको प्रतीक्षामा बसेका यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा निजी सवारीसाधन मात्रै चलेका छन् । काठमाडौंबाट भक्तपुर आउने तथा पूर्व जाने सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् । भक्तपुरबाट काठमाडौं जाने कुनै पनि सार्वजनिक यातायात नचल्नाले गन्तव्यमा पुग्नुपर्ने यात्रु अलपत्र परेका छन् ।

राइड सेयरिङको नाममा निजी सवारी साधनलाई भाडाका सवारीसाधनसरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गर्दै विरोधमा उत्रिएका यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

आजदेखि देशभरका सार्वजनिक यातायात थन्क्याएर यातायात ठप्प पार्ने निर्णय गरिएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्तिमार्फत जनाएको छ । सम्बन्धित निकायलाई यथाशीघ्र समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउँदा पनि वेवास्ता गरेपछि आन्दोलनमा उत्रनु परेको समितिको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *