देशका चार वटा प्रदेशमा पानी पर्ने

भक्तपुर न्यूज

१९ जेठ २०८२ ११:४६

देशका चार वटा प्रदेशमा पानी पर्ने

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका चार वटा प्रदेशमा पानी परिरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेश थोरै स्थान तथा कोशी र मधेश प्रदेशका  एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बाँकी पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *