मानव तस्करी गरेका आरोपी गृहमन्त्रीले राजीनामा दिनुपर्छ : बर्षमान

भक्तपुर न्यूज

१४ जेठ २०८२ १२:०२

मानव तस्करी गरेका आरोपी गृहमन्त्रीले राजीनामा दिनुपर्छ : बर्षमान

काठमाडौं ।  प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। प्रतिनिधिसभाको मंगलबार बसेकोको बैठकमा  माओवादी सांसद वर्षमान पुनले गृहमन्त्री मानव तस्करीमा लागेको आरोप लागेकाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए। पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्य आरोपित गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई मन्त्री लेखकले संरक्षण गरिरहेको आरोप लगाए।

“गृहमन्त्रीले सरुवा व्यक्ति कार्यालय प्रमुख रहेको। अनुसन्धान गर्ने निकाय गृहमन्त्री मातहत रहेको छ”, उनले भने, ‘त्यसैले गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

यसैगरी रास्वपाका सांसद शिशिर लेखकले गृहमन्त्री लेखकमाथि नैतिकतामाथि प्रश्न उठिसकेकाले राजीनामा दिनुपर्ने बताए। उनले विभिन्न सञ्चारमाध्यमले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको विवरण दिइरहेको बताए। खनालले भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *