गृहमन्त्रीको राजीनामाको कुरा आएपछि प्रतिनिधिसभाको बैठक बस्न ढिला

भक्तपुर न्यूज

१४ जेठ २०८२ १२:००

गृहमन्त्रीको राजीनामाको कुरा आएपछि प्रतिनिधिसभाको बैठक बस्न ढिला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् । चितवनमा आज मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।

यसैबीच प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि तोकिएको भए पनि निर्धारित समयमा अझैसम्म सुरु हुन सकेको छैन। प्रतिपक्षी दलहरूले आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागरे अवरोध गर्ने रणनीति बनाएका छन् ।
अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश पठाउने र त्यसबाट पैसा असुली हुने प्रकरणमा गृहमन्त्रीको संलग्नता हुन सक्ने भन्दै प्रतिपक्षी दलहरूले राजीनामाको माग गरिरहेका छन् । उता आज गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो अवस्था स्पष्ट पार्न सदनको समय माग गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *