प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी

भक्तपुर न्यूज

१३ जेठ २०८२ १४:४३

प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी

काठमाडौैं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजक अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीको जेठ १५ गते एमालले काठमाडौं नियन्त्रण गर्नुपर्छ भनी दिएको निर्देशनलक्षित गर्दै  महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराए  ।

कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन् । जे-जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *