कांग्रेसले गृहमन्त्री लेखकलाई बचाउला कि राजीनामा गराउला ?

भक्तपुर न्यूज

१२ जेठ २०८२ १२:१७

कांग्रेसले गृहमन्त्री लेखकलाई बचाउला कि राजीनामा गराउला ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाका सन्दर्भमा बाहिर मच्चिएको कोलाहलका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सोमबार बिहान बसेको बैठकमा पछिल्ला राजनीतिक गतिविधि र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुने बताइएको छ ।

आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने पनि बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने भनी कांग्रेसका केही नेताहरूले पनि सुझाएका छन् । यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्नसके राजनीतिबाटै संन्यास लिने बताउँदै आएका छन् । जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको लेखकको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *