पशुपतिमा जुवा खेल्ने ७ जना जना पक्राउ
काठमाडौं । प्रहरीले पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्री पशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो।
नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनका अनुसार अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको छ। उनले भने, “पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। भोलि आइतबार प्रक्रिया अघि बढ्छ।”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १६:०३