नेपाल सबैखाले आतंकवादको विरुद्धमानेपाल सबैखाले आतंकवादको विरुद्धमा

भक्तपुर न्यूज

२६ वैशाख २०८२ १७:०५

नेपाल सबैखाले आतंकवादको विरुद्धमानेपाल सबैखाले आतंकवादको विरुद्धमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले हिजो बिहीबार एक विज्ञप्ति जारी गर्दे नेपाल सधैं सबैखाले आतंकवादको विरुद्धमा रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ। त्यस दुःखद घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भएर उभिएका थिए ।

विज्ञप्तिमा भनिएको छ( “यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसँग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसँगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुश्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन ।”

विज्ञप्तिमा भनिएको छ, “नेपालले तनावको न्यूनीकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *