प्रचण्ड शौचालयमा लडेर घाइते

भक्तपुर न्यूज

२४ वैशाख २०८२ ११:४०

प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । घटना राति सुत्नुअघि शौचालय जाँदै गर्दा भएको उनका सचिवालयले जनाएको छ ।

घटनापछि तत्कालै अस्पताल लगेर आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकले अवस्था सामान्य रहेको पुष्टि गरेका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार स्वास्थ्य परीक्षणपश्चात् उनी घर फर्किसकेका छन् र हाल पुनः नियमित काममा फर्किएका छन् ।  चिकित्सकको सुझावअनुसार केही दिन विश्रामसहितको कार्यतालिका अनुसार गतिविधि सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *