मध्यपुरमा प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिकभएपछि अनुसन्धान सुरु

भक्तपुर न्यूज

२१ वैशाख २०८२ १४:२१

मध्यपुरमा प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिकभएपछि अनुसन्धान सुरु

भक्तपुर । कक्षा १२ को वोर्ड परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक गरिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुसन्धान थालेको छ ।

आइतबार विहानदेखि देशैभर कक्षा १२ को वोर्ड परीक्षा सुरु भएसँगै मध्यपुर थिमि स्थित चाणक्य कलेजको सेन्टरमा काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीको परीक्षा केन्द्र रहेको स्थानबाट परिक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख माधब प्रसाद बुढाथोकीलगायतको टोली प्रश्नपत्र बाहिरिएको स्थानमा पुगेर सत्य तथ्या बुझेको थियो ।

अर्यालले भने,प्रश्नपत्र बाहिरिएको स्थानमा पुगेको टोलिले सिसिटिभी फुटेज हेरेपछि प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक गरेको देखिएपछि यसबारे अनुसन्धान अगाडि बढाउन म निर्देशन दिइसकेको छु ।

परिक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटना अनुसन्धानपछि मात्रै थाहा हुने र सो घटनाकाबारे परीक्षा वोर्ड सानोठिमी भक्तपुरका प्रमुख महाश्रम शर्मालाई पनि जानकारी दिइसकेको अर्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *