शिक्षकहरूमाथि बल प्रयोग कुशासनको उदाहरण : डा. शेखर

भक्तपुर न्यूज

१४ वैशाख २०८२ २०:३३

शिक्षकहरूमाथि बल प्रयोग कुशासनको उदाहरण : डा. शेखर

काठमाडौं ।  काठमाडौं केन्द्रित आन्दोलन गरिहेका शिक्षकहरूमाथि आज शनिबार नयाँ वानेश्वरमा भएको प्रहरी ज्यादतीको सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले सरकारको आलोचना गरेका छन् । कांग्रेसका नेता डा. शेखर कोइराला र चन्द्र भण्डारीले शिक्षकहरूमाथि बल प्रयोग गर्नु कुशासनको उदाहरण भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत् आफ्नो विचार सार्वजनिक गर्दै कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गर्नु तथा पालिकालाई लगाएर धम्क्याउनु कुशासनको उदाहरण भएको बताए । सरकार गम्भीर नबनेको भन्दै चिन्ता व्यक्त गरेका कोइरालाले शिक्षकका माग अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

यसैगरी नेता भण्डारीले मातातीर्थ औँसीका दिन शिक्षकमाथि भएको बल प्रयोगलाई निन्दनीय भनेका छन् । ‘कमी कमजोरी हामी सबैका छन् । समयमै शिक्षकका माग सामाजिक सम्मानका सम्बोधन हुनुपर्थ्यो । जुन कुरा संसदीय समितिमा पटक पटक उठेको पनि हो’, उनले भने, ‘सबै पक्ष सहमत पनि हुनुहुन्थ्यो । अहिले म बिछ्यौनामा छु । बिन्ती छ, सरकारसँग शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद नै हो बल प्रयोग होइन ।’

२६ दिनदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनमा रहेका शिक्षकमाथि आइतबार नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले पानीको फोहरा र लाठी प्रहार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *