३२ अंकले घट्यो नेप्से
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंककले घटेको छ । आज नेप्से १.२० प्रतिशतले घटेर २६५५.९४ विन्दुमा झरेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर कारोबार भएको छ ।
२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार १४० पटक शेयर किनबेच भएको छ ।
आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समुह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३९ अंककले बढेको छ भने म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी विकास बैंक समूह २.०९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.३० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३