पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
काठमाडौं । घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर माइकल स्लेटरलाई अदालतले जेल सजाय सुनाएको छ । घरेलु हिंसाको आरोप स्वीकार गरेपछि अदालतले पूर्वक्रिकेटर स्लेटरलाई चार वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
५५ वर्षीय पूर्वक्रिकेटरलाई अदालतले चार वर्षको सजाय सुनाए पनि सन् २०२४ मा जमानत अस्वीकार भएपछि एक वर्षभन्दा बढी समय हिरासतमा बिताइसकेकाले तुरुन्तै रिहा गर्न पनि आदेश दिएको छ । सन् १९९३ देखि २००१ सम्म अस्ट्रेलियाका लागि ७४ टेस्ट खेलेका स्लेटरले घरेलु हिंसासहित ७ वटा आरोपमा दोष स्वीकारेका खबरमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१४